इलाम, २९ पुस । स्वास्थ्य शिक्षामा सुधार गर्नुपर्ने विभिन्न माग राख्दै गएको बुधबारदेखि अनशन वसेका प्रा. डा. गोविन्द केसीको अवस्था कमजोर बन्दै गएको छ। डा. केसीको रगत परीक्षण गुर्ने भएपनि उनका नसा नभेटिँदा रगत तथा पिसाब परीक्षण गर्न नसकिएको बताइएको छ ।
यसअघि आफूसँग भएको सम्झौता विपरीत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि उनले त्यसलाई अनसनको मूल मुद्दा बनाएका छन्।