Indrenionline.com

विराटनगरमा विस्फोट, एक बालकको मृत्यु, एक गम्भीर घाइते

विराटनगर, २७ पुस। विराटनगरमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा शुक्रबार दिउँसो भएको विस्फोटमा परी स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । विस्फोटमा परी स्थानीय राजेश मण्डलकी ८ वर्षीया छोरी राधिकाकुमारी घाइते छन् ।

स्थानीयका अनुसार खेल्ने क्रममा सिलिन्डर पड्किएर बालकको मृत्यु भएको बताइएको छ भने प्रहरीले विस्फोट स्थलमा सिलिन्डर पड्किएको प्रमाण फेला नपरेको बताएको छ । घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।