दमक, २६ पुस। दमक २ स्थित डाकिनीमा रहेको हरिप्रसाद निरौलाको घरमा आगलागी भएको छ । बिहीबार बिहान पौने ६ बजे भएको आगलागीबाट घर सहितघरमा रहेका सबै सामान जलेर नष्ट भएका छन् ।
आगलागीबाट दुईवटा बाख्रा, एउटा बाच्छी, एउटा गाई र करिव ३५ मन धान र घरमा रहेका सबै सामान जलेर नष्ट भएको हो । कोशी ग्यासको सिलिण्डर पड्किएर आगो लागेको हरिप्रसाद निरौलाले बताए ।