Indrenionline.com

आयल निगमको निर्देशकमा पौडेल नियुक्त

काठमाडौं, २४ पुस। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उदयपुर सिमेन्टका महाप्रबन्धक पौडेललाई नियुक्त गरेको हो ।  निगमका महाप्रबन्धक गोपाल खड्कालाई सरकारले बर्खास्त गरेसँगै यो पद रिक्त रहेको थियो ।