Indrenionline.com

वाइडबडी प्रकरण : उपसमितिले बनाएको प्रतिवेदन पारित

काठमाडौं, २३ पुस । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी खरीदमा अनियमितता सम्बन्धी उपसमितिले बनाएको प्रतिवेदनमा संशोधन गरी पारित गरेको छ ।

सोमवार बसेको समिति बैठकले यसअघि कारबाही सिफारिस गरिएका हालका गृहसचिव एवम् पूर्व पर्यटनसचिव प्रेमकुमार राईको नाम हटाइएको प्रतिवेदन पारित गरेको हो ।

छानबिनका क्रममा सचिव राईको सम्बन्धमा गलत रिपोर्टिङ भएको र उनको संलग्नता नदेखिएको भन्दै सचिव राईको नाम हटाएको समितिमा जानकारी दिइएको छ ।

यसैगरी अनियमिततामा संलग्न रहेको देखिएका दुई पूर्व पर्यटनमन्त्री र हालका मन्त्री गरी तीनै जनालाई एकै किसिमको कारबाही सिफारिस गरिएको छ । सोमवारै पर्यटनमन्त्री अधिकारीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै स्पष्टिकरण दिएका छन्।