काठमाडौं, २३ पुस। सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश अन्यायपूर्ण र विभेदकारी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
रिटको सुनुवाइ पुस २७ का लागि तोकिएको छ राजधानीमा खबर छ । कर्मचारीहरुले समायोजन अध्यादेशले प्रदेश र स्थानीय तहमा समायोजित हुने कर्मचारीको वृत्ति विकासलगायतको बाटो बन्द गरिदिएको कर्मचारीहरुको आरोप छ ।