Indrenionline.com

धारिलो हतियार प्रयोग गरी बृद्धको हत्या

पाल्पा, २३ पुस । पाल्पाको रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ ।

रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन् ।

आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झपडा हुँदा सो घटना घटेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।