Indrenionline.com

दीपक मनाङेले आज शपथ लिँदै

काठमाडौं, २२ पुस। ज्यान मार्ने उद्योगमा पक्राउ परी केही दिन अघि मात्रै थुनामुक्त भएका सांसद् राजीव गुरुङ (दीपक मनाङे)ले आज शपथ लिदै छन् ।

उनी सांसद्को पद तथा गोपनीयताको शपथ लिन आजै पोखरा जाँदै छन् । उनीमाथि लागेको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ । उनी मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।