काठमाडौं, २१ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलले बाँकी कामको गृहकार्य गोप्य रूपमा अघि बढाएको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गठित नौ सदस्यीय कार्यदलले गृहकार्य सुरु गरेको हो ।
प्रारम्भिक चरणमा एकीकरणको मापदण्डमा केन्द्रित रहेर छलफल भइरहेको कार्यदलका एक सदस्यले बताएको आजको नयाँ पत्रिकामा खबर छ। १६ पुसमा कार्यदल सदस्यहरूलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले १० दिनभित्र प्रस्ट खाका तयार पारिसक्न निर्देशन दिएका थिए ।