काठमाडौँ, १८ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज बुधवार राष्ट्रपतिको निवास सितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधान न्यायाधीश जवराले सपथ लिएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महराको सहभागिता थियो ।