काठमाडौं, १७ पुस। रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा नयाँ वर्ष मनाइरहेको बेला विष्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । धेरै नै घाइते भएका छन् । ५० भन्दा बढीलाई उद्धार गरिएको छ ।
रुसको यो क्षेत्रमा न्यूनतम तापक्रम माइनस १७ डिग्री सेल्सियस रहेकाले पनि उद्धारमा समस्या देखिएको छ । उद्धारमा ढिलाइ भएमा मानवीय क्षति बढ्न सक्ने आशंका गरिएको छ । यो सहर मस्कोबाट ८ सय ७० माइल टाढा दक्षिणमा पर्छ । एजेन्सी