अदालतका खरिदार घुस लिदालिदै पक्राउ इन्द्रेणी समाचारदाता 8 years ago काठमाडौँ, १६ पुस । जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई १० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको प्रवक्ता रामेश्वर दङ्गालले बताए ।