Indrenionline.com

आज मेलमिलाप ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले आज सोमबार देशव्यापी रुपमा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ । काँग्रेसले यसअघि नै केन्द्रबाट ७७ जिल्लामा प्रतिनिधि समेत पठाइसकेको छ ।

भारतमा आठ वर्ष लामो प्रवासपछि नेपाली कांग्रेसका शीर्षस्थ नेताहरु वी।पी। कोइराला, गणेशमान सिंह, रामबाबु प्रर्साइ शैलजा आचार्य, निलाम्बर पन्थी, खुमबहादुर खड्कालगायत २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिन पुस १६ लाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ ।