Indrenionline.com

बाघको टाउकाको हड्डी तस्करी गर्दै गर्दा दुई जना पक्राउ

काठमाडौं, १२ पुस । बाघको दुई वटा टाउकाको हड्डीसहित महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बागलुङका २८ वर्षीय केविन श्रेष्ठ मगर र गुल्मीका २२ वर्षीय दिलबहादुर पल्ली मगर रहेको रहेका छन् ।

बाघको हड्डी किनबेच हुन लागको भन्ने गोप्य सूचना पाएपछि परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गोंगबुबाट बिहीबार दिउँसो बाघको टाउकाको ५ किलो हड्डीसहित पक्राउ गरेको हो।