काठमाडौं, ११ पुस । देशमा विशेषज्ञ डाक्टरको अभाव छ, तर सरकारी छात्रवृत्तिमा विशेषज्ञ (एमडी) गरेका ७२ चिकित्सकले लाइसेन्स नै पाएका छैनन् । लाइसेन्सको अभावमा उनीहरूको पोस्टिङ हुन सकेको छैन ।
परीक्षाका लागि अझै तीन महिना पर्खनुपर्ने
लाइसेन्स परीक्षाका लागि उनीहरूले अझै तीन महिना पर्खनुपर्नेछ । मन्त्रालयका छात्रवृत्ति शाखाका प्रमुख भीम सापकोटाले तत्काल व्यवस्थापन नगरे आगामी दिनमा पनि यस्तो समस्या झेल्नुपर्ने बताए । अब हरेक वर्ष छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकको उत्पादन हुन्छ ।
विशेषज्ञ चिकित्सक परिचालन व्यवस्थामा छात्रवृत्तिमा अध्ययन गरेका व्यक्तिले नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ताको प्रमाणपत्र पाप्त गरेको मितिले सात दिनभित्र मन्त्रालयमा सम्पर्क राख्नुपर्ने उल्लेख छ । तर, उनीहरूसँग विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र छैन ।