Indrenionline.com

दाङका व्यावसायी गहतराजलाई राष्ट्रिय नागरिक सेवा सम्मान

इन्द्रेणी संवाददाता
दाङ, १० पुस । नेपाल सुन चाँदी व्यवसायी संघ दाङका पूर्व अध्यक्ष एवं नेपाल सुन चाँदी व्यवसायी महासंघका वर्तमान केन्द्रीय सदस्य धुब्रकुमार गहतराज राष्ट्रिय नागरिक सेवा सम्मान २०७५ बाट सम्मानित भएका छन् ।

आफ्नो व्यवसाय सञ्चालनसँगै विभिन्न क्षेत्रमा रहेर नागरिकको सेवामा समेत सर्मपन भएको भन्दै उनलाई नागरिक एकता समाज काठमाडौंले सम्मान गरेको हो । समाजले गएको शनिवार राजधानीको राष्ट्रिय नाँचघरमा आयोजना गरिएको विशेष संस्कृतिक समोहमा गतहराजलाई पूर्व उपराष्ट्रिपति प्रमानन्द झा, पूर्वउपप्रधानमन्त्री सिपी मैनालीलगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

दाङमा रहेको पाल्पा भैरव सुन चाँदीका प्रोपराइटर समेत रहेको गहतराज लामो समयदेखि सुन चाँदी व्यवसायी सञ्चालन गर्नुका साथै समाजिक सेवामा पनि सक्रिय छन् ।