काठमाडौं, ८ पुस । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी फेरि पनि असफल भएको छ ।
प्रहरी नेतृत्वले उनीहरूको रिपोर्टबारे सूचना पाएपछि विशाललाई छाडेको उच्च स्रोतले बतायो । डिएनए रिपोर्ट कञ्चनपपुर पुगिसकेको पनि प्रहरी स्रोतले जनायो । प्रदीप भने महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमै छन् ।
कञ्चनपुर प्रहरीले भने डिएनए रिपोर्ट प्राप्त नभएको जनाएको छ । ‘उतैबाट भेरिफाई गरेर विशाललाई छाडेको होला । आजसम्म दुवैको रिपोर्ट यहाँ आएको छैन,’ कञ्चनपुर प्रहरी प्रवक्ता कृष्णराज ओझाले बताए ।
विशाल र प्रदीपले निर्मलाको हत्या आफूहरू मिलेर गरेको साविती बयान प्रहरीलाई दिएका थिए । कञ्चनपुरकै भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय विशालले बुबाकै अगाडिसमेत अपराध स्विकार गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विशाललाई साधारण तारेखमा छाड्न शुक्रबार नै आदेश दिएको थियो नयाँ पत्रिकामा खबर छ । उनलाई शनिबार जहाजबाट कञ्चनपुर पु(याएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
बालबालिका समन्वय केन्द्र काठमाडौंका कार्यक्रम सहायक सन्तोष चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक नरेन्द्र भण्डारी र प्रहरी जवान रमेश पन्तको रोहबरमा बाबु वीरबहादुर चौधरीलाई विशालको जिम्मा लगाइएको छ ।