Indrenionline.com

राम्री बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २३ पुग्यो

इन्द्रेणी संवाददाता
पुस ७, दाङ । दाङ–सल्यान सडकखण्डको राम्रीमा शुक्रवार साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेका संख्या २३ पुगेको छ ।

यसरी मृत्यु हुनेहरुमा घोराही ३ बस्ने बर्ष २५ का वस चालक मदन केसी, घोराही १५ बस्ने बर्ष २८ प्रदिप घमिरे, दंगिशरण १ बस्नका वर्ष २० का संजित रतगैया, रुकुम भुमी गाउँपलिका ६ का बर्ष २८ को नरेश वली, घोराही १४ का बर्ष १७ को बिजय जि.एम. र जुम्ला (साबिक बिराट गाविस का वर्ष २० का बिरेन्द्र कन्डरा रहेका छन् । कन्डराको आज विहान कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शैक्षिक भ्रमणमा शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन फर्कने क्रममा घोराहीस्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बा ४ ख ९७६६ नम्बरको वस तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको थियो ।

यसैबीच शिक्षालयको बस दुर्घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी दाङले दुःख व्यक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी विक्रमले एक विज्ञप्ती जारी गरी सल्यान दाङ सडकखण्ड अन्र्तगत तुलसीपुर ३ राम्री नजिकै विद्यार्थी बोकेको बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।