इन्द्रेणी संवाददाता
घोराही २१ असार । दाङका निर्माण व्यवसायीहरुले विभिन्न स्थानमा निर्माणाधिन अवस्थामा रहेका पुल तथा सडक निर्माण आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् । निर्माण अवस्थामा रहेका पुलहरुको र वैकल्पिक बाटोको व्यवस्था गर्न समेत माग गरेका छन । वर्षातको समयमा गरिने विकास निर्माणले यातायात सञ्चालनमा समस्या आएको भन्दै त्यससंग सरोकार राख्ने निकायलाई आयोजना समयमै सम्पन्न गर्न र खोलाहरुमा वैकल्पीक बाटोको व्यवस्था गर्न माग गरेका हुन ।
घोराही–तुलसीपुर, घोराही–लमही सडक र घोराही–होलेरी सडकखण्डमा भइरहेको बाटो चौडा पार्ने र पुल निर्माणको कामले आफूहरुलाई यातायात सञ्चालनमा विभिन्न समस्या आएको योगीले बताए । घोराहीको कटुवाखोला, गुर्जेखोलालगायत स्थानमा पुल निर्माणमा ढिलाई हुदा सवारी दुर्घटनाको जोखिम बढेकाले समयमै काम सम्पन्न गर्न आग्रह गरका थिए । यस्तै घोराही–होलेरी सडक खण्डमा सडक चौडा पार्ने कामले बाटोमा पहिरो खस्ने र हिलाम्य हुदा यात्रु तथा चालकहरुलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहको भन्दै समयमै काम सम्पन्न गर्न निर्माण कम्पनी र सडक डिभिजनको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
साथै महासंघले सवारी दुर्घटना भएको खण्डमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्र्ने बताएको छ । सडक डिभिजनलाई पेश गरिएको ज्ञापनपत्रको बोधार्थ दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ ।