हुम्ला, ६ पुस । तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् ।
बिरामी र बालबालिकालाई तुइनमा ओहोरदोहोर गराउँदा झन् समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । बालबालिका ढिलो गरी घर आउँदा नदीछेउमै पुग्ने गरेको स्थानीय रोकायाले सुनाए । ‘तुइन चुडिँइहाल्यो कि, केही भइहाल्यो कि भन्ने चिन्ता हुन्छ,’ उनले भने ।
कर्णाली नदीमा पुल निर्माणका लागि स्थानीय बासिन्दाले जिल्लाका सबै सांसद तथा नेतालाई गुहार्दै आएका छन् । गाउँपालिकामा त हरेक दिन आग्रह गर्छन् । तैपनि कसैले वास्ता नगरेको उनीहरूको गुनासो छ आजको नयाँ
पत्रिकामा खबर छ।
गाउँपालिका अध्यक्ष कर्ण रावलले तीन वडाका बासिन्दाको गुनासो आफूले पनि दैनिक सुन्दै आएको बताए । आफू पनि कर्णालीमा तुइन तरेरै गाउँपालिका कार्यालय जाने गरेको अध्यक्ष रावलले बताए । ‘म पनि तुइन तरेरै कार्यालय जान्छु । गाह्रो छ, पुल बनाउन कोसिस गरिरहेको छु,’ उनले भने । यहाँका तीनै वडाका अध्यक्ष, सदस्यहरू पनि तुइनमै आवतजावत गर्दै आएको उनले बताए ।