एजेन्सी, ५ पुस । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा गएको महिना सिकागोमा रहेको ग्रेटर सिकागो फूड डिपोजिटरी (खाद्य वितरण केन्द्र) मा एकाएक पुगे । त्यहाँ काम गर्ने सबैजना ओबामालाई देखेर छक्क परे ।
कहिले छोरीहरुसँग पुस्तक पसल पुगेर लाइनमै बसेर पुस्तक किन्दै गरेको अवस्थामा पनि भेटिन्छन् ओबामा । पूर्वराष्ट्रपतिकै रुपमा पनि उनी अमेरिकीबीच निकै लोकप्रिय रहेका छन् ।
बुधबार पूर्वराष्ट्रपति ओबामा वाशिंगटनमा रहेको बाल अस्पताल(चिल्ड्रेन नेसनल मेडिकल सेन्टर) मा पोको बोकेर पुगे । सान्टा ह्याट लगाएर उपहार बोकेर अस्पतालमा ओबामा पुगेपछि त्यहाँ उपचाररत बालबालिकाका मुहार हँसिला भए ।