Indrenionline.com

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं, ४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले मंगलवार रातिदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान २/२ रुपैयाँ मूल्य घटाएको हो ।
मुल्य घटेपछि पेट्रोल १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।