Indrenionline.com

राजधानीमा गुड्ने भयो मोनोरेल : डीपीआर सम्झौता आज

काठमाडौँ, ४ पुस । काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोनोरेल निर्माण तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्बन्धी सम्झौता बुधबार हुने जानकारी दिए ।

मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी) व्यूरो २५० का पदाधिकारीहरू नेपाल आइसको छन् ।