काठमाडौँ, ३ पुस । पार्टीको विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी नेपाली काङ्ग्रेस महासमिति बैठक ओझेलमा परेको छ ।
महासमिति सदस्यहरूले प्रतिवेदनमा सहमति कायम गरी बैठकमा छिटो पेश हुनुपर्ने माग गरेका छन् । विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारी चयन प्रक्रियाबारे बहस जारी रहेको काग्रेसले जनाएको छ ।