Indrenionline.com

अख्तियारले माग्यो राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण

काठमाठौँ, ३ पुस । राष्ट्रिय गौरवका आयोजनाहरूको काम सोचेअनुरुप अगाडि बढ्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजनाहरूको प्रगति विवरण माग गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरू सुरु भएको लामो समय भए पनि निर्धारित समयमा काम सम्पन्न हुन नसकेको तथा आयोजनाका भौतिक र आर्थिक प्रगति समेत सन्तोषजनक नदेखिएकाले आयोगले राष्ट्रिय गौरवका सबै आयोजनाहरुसँग प्रगति विवरण माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए आजको गोरखापत्रमा खबर छ ।

सरकारले आर्थिक वर्ष २०६८र६९ देखि प्रथम प्राथमिकतामा १७ वटा र आर्थिक वर्ष २०७०र७१ को वजेट वक्तव्य मार्फत अरु चार समेत थप गरी २१ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा वर्गीकरण गरेको थियो ।

राष्ट्रिय गौरवका आयोजना
मेलम्ची खानेपानी आयोजना
पूर्व—पश्चिम रेलमार्ग
पश्चिम सेती जलविद्युत् आयोजना
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडाँै —तराइ द्रुतमार्ग
सिक्टा सिँचाइ आयोजना
रानी जमरा सिँचाइ आयोजना
बुढीगण्डकी जलविद्युत् आयोजना
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना
हुलाकी राजमार्ग
उत्तर दक्षिण लोकमार्ग ९कोसी कोरिडोर०
उत्तर दक्षिण लोकमार्ग ९गण्डकी कोरिडोर०
उत्तर दक्षिण लोकमार्ग ९कर्णाली कोरिडोर०
मध्य पहाडी लोकमार्ग
बबई सिँचाइ आयोजना
पशुपती क्षेत्र विकास आयोजना
लुम्विनी क्षेत्र विकास आयोजना
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम