Indrenionline.com

अख्तियारको छानबिनमा ३९१ उजुरी

रुकुम, १ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशमा ३९१ उजुरी छानबिनको क्रममा रहेको बताएको छ । गत आर्थिक वर्षका मौज्दात उजुरी १५२ रहेको छ भने चालू आवको ४ महीना (कात्तिक मसान्तसम्म) २३९ उजुरी दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।

सो अवधिमा ११२ मुद्दा फछ्र्योट भएका छन् । यस अवधिमा कर्णाली प्रदेशका १० जिल्लाबाट ४९९ उजुरी अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतमा दर्ता भएका थिए । कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार सबैभन्दा बढी उजुरी संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका रहेका छन्, जसका १२३ ओटा उजुरीको छानबिन भइरहेको छ ।

गत वर्ष कार्यालयमा ७५१ उजुरी परेका थिए, जसमध्ये ५ सय ७१ फछ्र्योट गरिएको थियो । उजुरी फछ्र्योटबाट १८ लाख ९९ हजार रुपैयाँ असुल भएको कार्यालयले बताएको छ । कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी उजुरी वैशाख, जेठ, असार र साउन महीनामा पर्ने गरेको छ ।