धादिङ, २९ मंसिर । धादिङबाट प्रहरीले ६ सय केजी गाँजा, पाँच थान हतियारको साथमा नगद ७ लाख ५० हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेनिघाट रोराङ गाउँपालिका २ का गुन्जबहादुर घलान, ठूलो कान्छा तामाङ र सानो कान्छा तामाङ रहेका छन्।
गाउँमा गाँजाको अवैध कारोवार भइरहेको सूचनाको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यलय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिगएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।