काठमाडौं, २९ मंसिर । नेपाल कम्युष्टि पार्टी (नेकपा)को आज वसेको स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
आजको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि अध्ययन गरी छलफल गर्न अर्को बैठक २०७५ पुस २ गते सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ ।