नुवाकोट, २९ मंसिर । नुवाकोटको दुर्गम दुप्चेश्वर गाउँपालिका–१ को घ्याङफेदीमा शुक्रबार साँझ आइसर गाडी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
समुन्द्रटार प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयले दुर्घटना स्थलबाट १७ जना घाइतेको उद्धार गरी उपचारका लागि काठमाडौं पठाएका छन् ।
घटना स्थलमा १८ जनाको शव संकलन गरिएको र अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।