Indrenionline.com

जुत्ता पसलमा लागेको आगो नियन्त्रणमा, करीव पाँच करोड बराबरको क्षति

इन्द्रेणी संवाददाता
दाङ, २८ मंसिर । दाङ तुलसीपुरस्थित अन्नपूर्ण जुत्ता पसलमा लागेको नियन्त्रणमा आएको छ । विहान ६ बजेतिर लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उपमहानगरपालिकाको दमकलको सहयोगले करीव साढे ८ बजेतिर नियन्त्रणमा आएको हो ।

आगो नियन्त्रणमा आए पनि पसल र घरमा भएका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोले जलेर करीव ५ करोड बराबरको क्षति भएको जानकारीमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएपी प्रेमबहादुर शाहीले बताए ।

अन्नपूर्ण ट्रेडसमा जुत्ता पसलको होलसेल पसल भएकाले पनि ठूलो क्षति भएको बताइएको छ । आगलागी विद्युत सट भएर लागेको बताइएको छ ।