काठमाडौं, २८ मंसिर । सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने निर्णय गरेको छ । मंसिर २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयलाई बिहीबार सार्वजनिक गरिएको हो ।
त्यस्तै भारतीय दुई सय, पाँच सय र दुई हजारका नोटहरु ल्याउन र साथमा राख्न गैर कानुनी हुने भएकोले यी नोटहरु चलनचल्तीमा नल्याउन र साथमा नबोक्न सूचना प्रकाशन गरिने निर्णय समेत गरिएको छ ।