रामचन्द्र न्यौपाने
डोल्पा –डोल्पाको त्रिपुराकोट गाविसस्थित वडा नं.–३ रल्लीका नरबहादुर नेपालीको खर्च अभावमा उपचार हुन सकेको छैन। विपन्न दलित समुदायका उनी नजिकै रहेको महाकवि प्राथामिक विद्यालयबाट पढेर घर फर्कने क्रममा बाटोमा लडेर देब्रेहात भाँचिएर थला परेका छन् ।
‘जिल्ला अस्पतालमा लिँदा लामो समय भइसकेकाले हात बिग्रन लागिसकेको छ,’ उनले भने, ‘अब छिट्टै जिल्ला बाहिर लगेर उपचार नगराए हात काम नलाग्ने हुन्छ ।’
सहयोगको लागि सबै परिवार सदरमुकामा रहेका विभिन्न कार्यलयमा पुग्यौं तर कसैले दया गरेनन् हामी गरिवलाई कसले पो सहयोग गथ्र्यो उनले भावुक हुँदै भने ।
‘जिल्ला बाहिर लिनलाई एक रुपैँया पनि छैन् कसरी उपचार गराउँ, कसैले सहयोग गरिदिए छोराले नयाँ जीवन पाउने थियो’ उनले थपे ।
रातोपाटी बाट