जाजरकोट, २६ मंसिर । जिल्ला प्रशासन कार्यालयले विभिन्न किसिमका पीडितलाई २७ लाख २२ हजार राहत वितरण गरेको छ । दैवीप्रकोप उद्धार समितिमार्फत पीडितलाई सो रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
बाढीपहिरोबाट विस्थापित आठ परिवारलाई आठ हजारदेखि १५ हजार तथा अन्य राहत सामग्री वितरण गरिएको प्रजिअ बस्नतेले बताए । रासस