काठमाडौँ, २५ मंसिर । गणपूरक सङ्ख्या नपुगेका कारण तोकिएको समयमा आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ ।
बैठकमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पनि पुग्नुभएको थियो तर लामो समयसम्म अन्य सदस्य उपस्थित नभएपछि अन्ततः उहाँ पनि बैठक कक्ष सिहंदरबारबाट निस्कीएका थिए ।