काठमाडौं २० असार । विश्वविद्यालयबाट मास्टर्स डिग्री गरेका विद्यार्थीमा आफ्नै देशको जानकारी समेत कमजोर पाइएपछि त्रिभुवन विश्वविद्यालयले ‘नेपाल स्टडी’ विषय अनिवार्य गर्ने तयारी गरेको छ ।
त्रिविका उपकुलपति प्रा.डा.तीर्थ खनियाले नेपाल स्टडी महत्वपुर्ण विषय रहेको र यसलाई कसरी पढाउने भन्नेमा प्राज्ञिक परिषद्मा छलफल भएको जानकारी दिनुभयो । नेपाल स्टडीलाई छुट्टै विषय बनाउने वा अन्य विषयभित्रै नेपाल स्टडीका कन्टेन्ट राख्ने भन्ने कुराले आकार नलिएको उहाँले बताउनुभयो ।