काठमाडौँ, २४ मंसिर । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको गहन अनुसन्धान हुँदैछ । अनुसन्धानका क्रममा केही दिनअघि काठमाडौंबाट पक्राउ परेका १७ वर्षीय प्रदीप रावल र १६ वर्षीय विशाल चौधरीको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।
निर्मला हत्या घटनाको विस्तृत अनुसन्धान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट नै भइरहेकाले थप अनुसन्धान उतैबाट भएको जानकारी उनले बताए आजको गारेखपत्रमा खबर छ । अभियुक्त द्वयले वयान फेर्ने र अरुलाई पोल्ने गरेपछि विवाद देखिएको हो ।
महाराजगञ्जबाट पक्राउ परेका प्रदीपले नै विशाल र दिनेश चौधरीको नामसमेत पोलेका थिए, तर दिनेशको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको छ । सिआइवी प्रमुख शाहीले पक्राउ अभियुक्तहरूले निर्मला हत्या घटना सकारेको वा अस्वीकार गरेको विषयमा जानकारी दिन चाहनु भएन । अभियुक्तको थप वयान लिने र डिएनए प्रतिवेदन हेर्ने अधिकार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई रहेको उनले बताए ।