काठमाडौं, १९ मंसिर । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीका आरोपको विषयमा छानविन गर्न कांग्रेसले माग गरेको छ।
राजदूतकै निजी सहयोगीबाट आरोप लागेको एक साताभन्दा धेरै भैसक्दा समेत आरोपप्रति सरकार उदासिन भएको विज्ञप्तिमा उल्लेख छ ।