बाजुरा, १८ मंसिर। खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँमा भालुको आक्रमणबाट दुई महिला घाइते भएका छन् । आक्रमणमा परी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी गम्भीर घाइते भएका हुन् ।
आज बिहान गाउँ नजिकैको छडीखोलामा घाँस काट्न जानेक्रममा भालुले आक्रमण गरेको हो ।
घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयलपाटा अस्पताल लगिएको छ ।