दाङ, १८ मंसिर १८ । पतञ्जली योग समिति दाङको आयोजनामा १५ दिने योग प्रशिक्षक तालिम तुलसीपुर–८ कृष्ण मन्दिरमा शुरु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले योगका माध्यमबाट अनुशासित,नैतिकवान,निरोगी समाज निर्माण गर्न सकिने बताएका थिए । कार्यक्रममा दाङ जिल्लालाई योगमय बनाउनका लागि सवै लाग्नु पर्नेमा सहभागिहरुले जोड दिएका छन ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बेद बहादुर के.सी.ले योग साधनाको माध्यमबाट समाज परिवर्तन गर्न सकिने भएकाले यसको बिस्तारका लागि स्थानीय सरकार सहयोगी हुनसक्ने बताए।
कार्यक्रमका बिशिष्ट अतिथि पतञ्जली योग समिति ५ नं. प्रदेश संयोजक प्रेम शाहले योग साधना जिवनको महत्वपूर्ण पक्ष भईसकेकाले यसलाई दुरदराजसम्म पु¥याउन सबै सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पतञ्जली योग समिति ५ नं. प्रदेश सल्लाहकार देबराज आचार्य, महासचिब घनश्याम अधिकारी, प्रमुख प्रशिक्षक दीपक बस्याल,महिला समिति दाङकि अध्यक्ष लक्ष्मी आचार्य,युवा समितिका अध्यक्ष केतनारायण आचार्य, कृष्णमन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष किरण के.सी., तालिम व्यवस्थापन समितिका संयोजक टेकबहादुर खड्काले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।