रुपन्देही, १८ मंसिर । प्रदेश नं ५ सरकारले सार्वजनिक खरीदसम्बन्धी अन्तरिम कार्यविधि २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको विधेयकलाई स्वीकृति प्रदान गरेको हो ।
मन्त्रिपरिषद् बैठकले सहकारी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभासमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । यसैगरी दाङको घोराही उपहानगरपालिकाको वडा सिमाना हेरफेर सम्बन्धमा नगरपालिकाले गरेको प्रस्ताव केन्द्रीय सरकारसमक्ष पठाउने निर्णय गरेको छ ।
घोराही उपहानगरपालिका–८ ढिकापुर गाउँलाई उक्त वडाबाट हटाई वडा नं ९ मा गाभ्ने उक्त नगरपालिकाको प्रस्ताव सरकारसमक्ष पठाउने निर्णय बैठकले गरेको छ ।