काठमाडौँ, १६ मंसिर । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर नेपाल आएकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फिर्ता भएकी छन् । नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे ।