Indrenionline.com

भाइको खुकुरी प्रहारबाट दाजु गभ्भीर घाइते

इलाम, १५ मंसिर। इलाममा आज एक जनाले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरेका छन् । दाजुलाई खुकुरी प्रहार गरेर भाग्ने बेला इलाम नगरपालिका ९ का नवीन सुवेदीलाई प्रहरीले पक्राउ गरेका छ ।

उनको खुकुरी प्रहारबाट उनका दाजु संजिव सुवेदी गम्भीर घाइते भएका छन् । घरायसी विवादका कारण खुकुरी प्रहार गरेको बताइएको छ । घाइते दाजु सुवेदीको हातको औला छिनेको छ भने टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

उनलाई इलाम अस्पतालमा सामान्य उपचारपछि झापाको अस्पतालमा रेफर गरिएको छ ।