रुकुम, १४ मंसिर । रुकुम पश्चिम बैरागीठाँटीस्थित बाह्र वर्षअघि निर्माण गरिएको बेली ब्रिज जीर्ण भएको छ ।
पुल निर्माणपछि मर्मत र सम्भार नगरिँदा स्टिल प्लेट उप्किएर लथालिङ्ग बनेको स्थानीयवासी खिमबहादुर ओलीले बताए । पुलको अधिकांश स्टिल प्लेट र नट फुस्किएकाले आहोरदोहोरमा जोखिम बढेको छ । बाह्र टन क्षमता बहन भार भएको पुलमा दैनिक २०० बढी साना तथा ठूला सवारीसाधन दिनहुँ आवतजावत गर्दछन् ।