काठमाडौं, १३ मंसिर । उपत्यकामा आजदेखि सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागु भएको छ । यो प्रणाली लागु भएपछि आज बिहानैदेखि राजधानीमा निकै कम गाडी चलेका छन् ।
बिहीबार र शनिबार बिजोर सवारी र शुक्रबार तथा आइतबार जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्न पाइने छ।
सवारी साधनको अन्तिम अंकको आधारमा जोर बिजोर प्रणाली लागू गरिएको हो ।