Indrenionline.com

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ, ११ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यको कार्यविभाजनका लागि सोमबार बस्ने भनिएको सचिवालयको बैठक आज मङ्गलबार बस्दैछ ।

कार्यविभाजनका लागि गृहकार्य नपुगेको भन्दै मङगलवारका लागि बैठक सारिएको नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

मङ्सिर ८ गते शनिवार बसेको सचिवालयको बैठकमा कार्यविभाजनको बारेमा छलफल सुरु भएको थियो । आइतबार थप गृहकार्य गरी सोमबार त्यसको टुङ्गो लगाउने जानकारी गराइएको थियो ।

तर आइतबारको गृहकार्य नपुगेकाले त्यसको विषयमा सोमबार पनि गृहकार्य भएको श्रेष्ठले जानकारी दिए । बैठकका लागि केन्द्रीय सदस्यको कार्यविभाजन गरी जनवर्गीय संगठन, प्रदेश समितिको पूर्णता, स्थायी समितिको बैठक लगायतका कार्यसूची तय गरेको थियो ।