इन्द्रेणी संवाददाता
दाङ, ११ मंसिर । दाङको घोराहीस्थित एक पानीको तलाउमा डुवेर वेपत्ता घोराही १५ का लक्ष्मण डिसी अफै फेला पर्न सकेका छैनन् ।
खोजीका लागि सशस्त्र प्रहरीका दुई जना गोताखोरलाई दाङमा ल्याइएको छ । उनीहरुले आज मंगलवार विहान ८ बजेबाट खोजी कार्य थालनी गर्ने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । डिसी पौडी खेल्न गाएको वेला वेपत्ता भएको बनाइएको छ ।