सल्यान, ९ मसिर । कपुरकोट गाउँपालिका सल्यानले आफ्ना उपलव्धीहरु समार्वजनिक गरेको छ । पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा गाउँपालिकाले उपलव्धी र आगामी नीति सार्वजनिक गरेको हो ।
![uN5L–/;'jfu9L ;8s lgdf{0f /fli6«o uf}/jsf] cfof]hgfcGtu{t wflbªsf] uN5L–lqz'nL–d}n'ª–:ofk|m'a];L /;'jfu9L ;8s cfof]hgfsf] lgdf{0f sfo{ g'jfsf]6sf] a'wl;+x3f6df ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://indrenionline.com/wp-content/uploads/2018/11/road-300x225.jpg)
सूचना अधिकारी जीवराज केसीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले कपुरकोटको विकासमा रचनात्मक सल्लाह, सुझाव र साथ दिन पत्रकारहरुलाइ आग्रह गरे ।
गाउँपालिकाभित्रका कुनै पनि योजना सञ्चालन गर्दा उपभोक्ता समिती गठनदेखि योजना सम्पन्न गर्दासम्म जनसहभागीता, अनुगमन र पारदर्शितालाइ विशेष जोड दिइएको बताए । बाल विवाह न्युनिकरण, मदिरा, जुवा तास जस्ता विकृती रोक्नका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको जनाउँदै अध्यक्ष सेनले यसवर्ष २३२ वटा योजनाहरु सञ्चालनमा रहेको बताए ।