Indrenionline.com

दुर्गम बस्तीका घरघरमा इन्टरनेट हातहातमा मोबाइल

केशरमान बुढाथोकी
“अबको केही बर्षमा नेपालका दुर्गम बस्तीहरुका घरघरमा इन्टरनेट र हात हातमा मोबाइल फोन सेवा उपलब्ध गराउने मेरो योजना छ । ” भनेर केही बर्ष अघि तत्कालीन सुचना तथा संचार मन्त्री तथा बर्तमान सभामुख कृष्ण बहादुर महराले भाषण गरिरहँदा सपना जस्तै लाग्दथ्यो ।

तर अहिले आएर त्यो सम्भब भएको छ । नेपालका दुरदराज र कुना कन्दरामा अबस्थित ग्रामीण बस्तीहरुमा इन्टरनेट र टेलिफोन सेवा पुग्ने काम तिब्र गतिमा अगाडी बढिरहेको छ ।

नेपाल टेलिकमको आफ्नो सेवा बिस्तार योजना अन्तर्गत हिमाली जिल्ला पुर्वी रुकुमको सिस्ने गाँउपालिका वडा नं २ मा नेपाल टेलिकमको टावर निर्माण गरिएको छ ।

हाल सम्म सिस्ने गाउँपालिका २ प्वाङका केही पहाडी बस्ती हरुमा नेपाल टेलिकमको स्काई फोनले काम गरेपनि नेपाल टेलिकमको नमस्तेको फोनले काम गरेको थिएन ।

हाल नेपाल टेकिकमले सिस्ने २ को सुद्रीमा टावर निर्माण गरि सञ्चालनमा आएको हो । बर्तमान प्रतिनिधि सभा सदस्य तथा पुर्व खेलकुद मन्त्री कमला रोकाको जन्मस्थल समेत रहेको सुद्रीमा टावरको निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आए पछि सिस्ने गाँउपालिकाका दुर्गम बस्तीहरु संचार सेवामा जोडिएका हुन ।

त्यस्तै सिस्ने २ मै इन्टरनेट सेवा पुर्याउनका लागि इन्टरनेटको समेत टावर स्थापना गर्न लागिएको सिस्ने गाँउपालिका २ का वडा अध्यक्ष जीवन केसीले बताउनु भयो ।

सिस्ने गाउँपालिका १ को सिस्ने २ को प्वाङ र पुथाउत्तरगंगाको जाङ लाई लक्षित गरि स्थापना गर्न लागिएको इन्टरनेटले दुर्गम बस्तिका जनतालाई प्रत्यक्ष समाजिक सन्जालमा जोडि आम जनतालाई सुचना सम्प्रेषण गर्न सजिलो हुने बताउनुहुन्छ स्थानीय भरिलाल बोहरा ।

टेलिकम सेवा तथा इन्टरनेट सेवा संचालन भएपछि विद्यार्थीहरु लाई इलाइब्रेरी मार्फत अध्यापन गर्न सजिलो हुने बताउदै गाँउमा सेवा पुग्दा सबैलाई सहज हुने बताउछन् हिमालय माध्यमिक बिद्यालयका प्राचार्य मोहन कुमार रोका ।