काठमाडौँ, ८ मंसिर । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गरिए पनि सेवाग्राहीले आवेदन दिन भने पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको हो ।
विभागका अनुसार अनलाइन आवेदन फारम भर्नका लागि यस्तो समस्या यसअघि भएको थिएन् । बीचमा आवेदन वन्द गरिएका हुँदा अहिले एकै पटक सबैले फारम भरेकाले ओभरफ्लो भएको विभागले जनाएको छ ।