Indrenionline.com

डडेल्धुरा बस दुर्घटना : ज्यान गुमाएका सबैको सनाखत भयो

डडेल्धुरा, ७ मंसिर । डडेल्धुराबाट डोटी जाँदै गरेको से १ क २९३ नम्बरको स्कूल बस दुर्घटनामा परी ज्यान गुमाउने १८ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका २ का २१ वर्षीय केशब कडायत, यही नगरपालिका १० की २० वर्षीया शारदा कडायत, डोटीको शिखरनगरपालिका ७ का २२ वर्षीय योगेन्द्र बोहरा, यही नगरपालिका ७ का २४ वर्षीय शंकर जोरा, यही नगरपालिका ८ का २२ वर्षीय शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिकाका २८ वर्षीय नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका– ४ की ३५ वर्षीया शशी विक, शिखर नगरपालिका ११ की २५ वर्षीया गोदा भाट, यही नगरपालिका ८ मा बस्ने ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेका छन् ।

त्यसैगरी डडेल्धुराको नवदुर्गा गाउपालिका ३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका १० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका ३ की ३० वर्षीया माया रावल, कैलाली गोदावरी नगरपालिका १० बस्ने पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का १७ वर्षीय तिलक खाती, यही ठाउँका ३० वर्षीय तेज धामी, डोटीको शिखर नगरपालिका १० का १५ वर्षीय सागर बलायर, शिखर नगरपालिका ११ का २४ वर्षीय पदम विक ज्यान गएको छ ।

ज्यान गुमाएकाहरुको पोष्टमाटम डडेल्धुरामा रहेको उप क्षेत्रीय अस्पतालमा गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । विहीबार साँझ भएको बस दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका थिए ।